बेलडाँडी,
नेकपा कम्युनिष्ट पाटीको गुटगत असरले बेलडाँडीमा पनि निकै प्रभाव पारेको छ । केन्द्रमा दुई कित्तामा कम्युनिष्ट उभिए पछि बेलडाँडीमा समेत यसको प्रभाव निकै परेको छ । बेलडाँडीको बैवाहमा आज बृहत कार्यकर्ता भेलामा बेलडाँडीका कम्युनिष्ट बाट निर्वाचित जनप्रतिनिधीहरु एकै कित्तामा देखिएका छन् ।

बेलडाँडी गाउँपालिकामा २३ जना जनप्रतिनिधीह मध्ये २२ जना एकै कित्तामा उभिदा केपी पक्ष बलियो बन्दै गएको केपीपक्षका कट्टर युवा नेता शंकर भट्टले जानकारी गराउनु भयो ।
वहाँका अनुसार अहिले हामी संग छुटेका वडा नं.१का अध्यक्ष बाहेक सबै आफ्नो टिममा रहेको बताउदै उनी पनि केहि दिन भित्र आफ्नो पाटीमा आउने बताए । केन्द्रीय सदस्य राजेन्द्र रावलको प्रमुख आतिथ्यमा अन्य केन्द्रिय सदस्यहरु लगायत प्रदेश सदस्यहरु, विद्यार्थीका केन्द्रिय सदस्यहरु, जिल्लाकमिटी सदस्यहरु, गाउँकमिटी सदस्यहरु लगायत कम्युनिष्ट निकट शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीलाई गरेको घरेबन्दीको विषयमा छलफल भएको जनाइएको छ । अहिले कार्यक्रम चलिरहेको छ ।
