Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीनेकपा सुदूरपश्चिम प्रदेशको चौथो बैठक समपन्न ८० प्रतिशत प्रदेश सदस्य प्रचण्ड माधव...

नेकपा सुदूरपश्चिम प्रदेशको चौथो बैठक समपन्न ८० प्रतिशत प्रदेश सदस्य प्रचण्ड माधव पक्षमै

कैलाली,

नेकपा सुदूरपश्चिम प्रदेशको चौथो बैठक शुक्रवार समपन्न भएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिमा जम्मा १८३ जनामा १४२ जना नेकपा प्रचण्ड माधव पक्षमै रहेको नेकपा प्रदेश कमिटिले जनाएको छ । आज बसेको प्रदेशको चौथो बैकमा ११४ जनाको उपस्थिति रहेको र २८ जना प्रदेश सदस्य आफुहरु संग जोडिएको ४१ जना मात्र केपी पक्षमा गएको नेकपाका युवा नेता झलक शाहले जानकारी गराउनु भयो ।

वहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा एकात्मक शाषक प्रणाली तर्फ लाने नीतिमा रहेको आरोप लगाउदै विभिन्न आन्दोलनको जगबाट मुलुकमा संघीयतासहितको संविधान जारी भएका बेला संसद विघटन गरेर संघीयतालाई नै धरापमा पार्ने खेल ओलीले सुरु गरेको बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि भीम रावलले भने प्रधानमन्त्रीको संघीयता विरोध मानसिकताको कारण मुलुक राजनीतिक बन्धक बनेको बताए । उनले अधिकारको लागि भएको लामो आन्दोलनको मर्म र भावना विपरित ओलीले संसद विघटन गरेकाले आन्दोलनकै बलमा संदन स्थापना गरेर प्रधानमन्त्री ओलीलाई बहिष्कार गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा नेकपा फुटको संघारमा पुगेका बेला एकपक्षले अर्को पक्षलाई पोल्ने अरोप प्रतिआरोप लगाउने चलन बढेको छ ।

ताजा समाचार