Friday, August 19, 2022
गृहपृष्ठदैनिक गतिविधीलालझाडीका अाइटी अफिसरको बिदाई

लालझाडीका अाइटी अफिसरको बिदाई

लालझाडी,
जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाका अाईटी अफिसरको अाज बिदाई गरिएको छ ।
लालझाडी गाउँपालिकामा बिगत ३ बर्ष देखि कार्यरत अफिसर सुरेश भट्टले भिमदत्त नगरपालिकामा नाम निकाल्न सफल भएपछि अाज एक कार्यक्रम गर्दै बिदाई गरिएको लालझाडी गाउँपालिकाले जनाएको छ ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बिदाई भएका भट्टलाई अाज पर्न गएको राष्ट्रिय ढाका टोपी दिवसको अवसर पार्दै टोपी पहिनाइ बिदाई गर्नु भयो ।
कार्यक्रममा बोल्दै बडायकले भावुक हुँदै भने ” अाईटी पदको लागि २०७४ मा विज्ञापन खोल्ने बेला धेरै कुरा सुन्नु परेको बताउदै वहाले लालझाडी गाउँपालिकालाई सूचना प्रविधिमा ठूलो योगदान पुर्याएको बताउदै अागामि दिनमा समेत सहकार्य रहिरहने बताउनु भयो ।”
बिदाई भएका भट्टले भन्नू भयो ” यतिका ३ बर्ष सम्म गरेको कार्यमा जान अन्जान त्रुटि भएको हुन सक्ने प्रति क्षमाप्रार्थी हुँदै यश गापाको प्रगतिको कामना गर्नु भयो ।
लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावलको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा सबै शाखामा कार्यरत कर्मचारी, जनप्रतिनिधि लगायत शुभचिन्तक रहेको थिए । क

ताजा समाचार