कैलाली
नेकपा सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा चन्दा अशुली गरेको खुलासा भएको छ । लामो समयदेखी ओली निकट मानिने थापाले प्रधामन्त्री ओली सुदूरपश्चिममा प्रधानमन्त्री ओलीको नाममा व्यापारीहरुबाट चन्दा अशुली गर्दै आएको खुलेको हो ।

गत बर्ष प्रधानमन्त्री ओली धनगढीमा आयोजित नेकपाको कार्यक्रममा सम्बोधन गर्ने आउने क्रममा थापाले धनगढीका एक् व्यापारीलाई चन्दा दिनुपर्ने भन्दै गरेको मेल प्राप्त भएको छ । थापाले धनगढीको एक क्यासीनोका सञ्चालकलाई एक लाख ५० हजार रकम चन्दा दिन गरेको म्यासेज समेत यतिखेर समाजिक सञ्जालनमा भाइरल भइरहेको छ ।
उक्त म्यासेजमा लेखीएको छ ‘प्रधामन्त्री अर्को हप्ता धनगढी आउदै हुनुहुन्छ, त्यसको लागी १५०००० पठाईदिनु होला भन्दै म्यासेज गरेका थिए । अहिले पाटी फुटको अवस्थामा पुगेका बेला एकपक्षले अर्को पक्षका लुकेका कमजोरी खोतल्ने कार्य तिब्र तरिकाले भइरहेको छ ।
