Sunday, September 25, 2022
गृहपृष्ठमुख्य समाचारकेपी पक्षको बेलडाँडीमा भेला, गाउँ प्रमुख उप प्रमुख केपीपक्षमै

केपी पक्षको बेलडाँडीमा भेला, गाउँ प्रमुख उप प्रमुख केपीपक्षमै

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा पनि नेकपा भित्रको विवादको निकै असर परेको छ । बिहिवार गाउँ प्रमुख धन बहादुर थापा क्षेत्रीको घरमा बसेको प्रधान मन्त्री केपी शर्मा ओली पक्षधरका नेता कार्यकर्ताको भेला भएको छ ।

नेकपाका नेता प्रचण्ड माधव लगायतकाले देशलाई अनिर्णयको बन्दी बनाइ कपी ओलीमाथी अबिश्वासको प्रस्ताव र देशको गरिमा बोकेकी राष्ट्रपती विद्या देवी भण्डारीलाई महाअभियोग लगाइ देशका हरेक निकायमा कब्जा गरि देशलाइ अस्थिरता तर्फ उन्मुख गराउन लागेका प्रचण्ड माधवलाई ब्याक गर्दै राजनेता केपी शर्मा ओलीले देश र जनता को हितमा नया म्यान्डेड ल्याउन चुनाव को घोषणा गर्नु स्वागत योग्य भएको केपीक्षका बेलडाँडीका कट्टर युवा नेता शंकर भट्टले जानकारी गराउनु भयो ।

प्रचण्ड माधवहरुले प्रधान मन्त्री ओलीलाई बन्धक बनाइ काम गर्न नदिएको आरोप लगाउदै नेता कार्यकर्ताहरुले नयाँ जनादेश अनुसार सबैले आउनु पर्नेमा जोड दिदै चुनावमा जान तयारी समेत थालेको बताए ।
केपी गुटको भेलामा क्षेत्र नं.१ का नेकपा सचिव राधाकृष्ण ज्वाला, पुर्व जिल्ला कमिटी सदस्यहरु, ३ नै वडाका वडाध्यक्षहरु लगायत युवाहरु समेतको उपस्थिति रहेको थियो ।

ताजा समाचार