Tuesday, September 27, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकञ्चनपुर सहित देशभरी राष्ट्रिय मेलमिलाप दिवस ओलीको कदम असंवैधानिक हो, तर अदालती...

कञ्चनपुर सहित देशभरी राष्ट्रिय मेलमिलाप दिवस ओलीको कदम असंवैधानिक हो, तर अदालती प्रक्रियालाई धम्क्याउनु र तर्साउनु हुँदैन : देउवा

कृष्ण नेपाली

नेपाली काँग्रेसले बिहीबार देशभरी राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । जननेता विपी कोईरालाले राष्ट्र, राष्ट्रियताका लागि अघि सारेको मेलमिलाप नीतिलाई काँग्रेसले हरेक बर्ष मनाउदै आएको छ । बिहीबार कञ्चनपुर सहित देशभरी काँग्रेसले दिवस मनाएको हो । नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा दिवस मनाएको छ । काँग्रेस कञ्चनपुरका कोषाध्यक्ष शंकर बहादुर चन्दले पार्टीको केन्द्रीय निर्णय अनुरुप जिल्लामा समेत दिवस मनाईएको बताए । कोषाध्यक्ष चन्दका अनुसार काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताले विपिले अघि सारेको नीति मार्ग अनुरुप काँग्रेस नेता कार्यकर्ताहरुले समेत अबलम्बन गर्नुपर्नेमा जोडदिएका थिए ।

तीन दशकअघि विपीले राष्ट्रका लागि अघि सारेको नीतिलाई अनुसरणमा नेता कार्यकर्ताहरुले जोडदिएको कोषाध्यक्ष चन्दले बताए । प्रमुख अतिथि समेत रहेका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले विपीले देखाएरको मार्गमा जानुपर्नेमा आग्रह गरेका थिए । काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काँग्रेस जिल्लाभरीका नेता कार्यकर्ता सहभागि थिए । यसैविच मेलमिलाप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कार्य असंवैधानिक भए पनि आन्दोलन गरेर अदालतको प्रक्रियालाई प्रभावित भने पार्न नहुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा कांग्रेसको सूचना तथा सञ्चार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले अचानक संसद् विघटन गरेको कदम भने असंवैधानिक नै भएको बताए ।

उनले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतको फैसला पर्खनुपर्ने बताए । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्ने हिसाबले कदमहरू भने गर्न नहुने उनको ठहर छ । उनले भने, ‘हामीले अदालतमा रहेको विषयलाई आन्दोलनबाट यसो गर, उसो गर भनेर धम्क्याउनु र तर्साउनु हुँदैन । अदालतको निर्णयलाई पर्खनुपर्छ ।’उनले यो कदम असंवैधानिक मात्र नभई अलोकतान्त्रिक चरित्रको भएकोसमेत बताए ।उनले यस कदमको विरोधमा कांग्रेसले देशभर विरोध कार्यक्रम गरेर आवाज उठाइरहेको उल्लेख गरे ।

कांग्रेसले पुस १६ लाई मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । कांग्रेसले ४५औँ मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । काँग्रेसले संसद विघटन बिरुद्ध आन्दोलन गर्दै आएको छ, आगामी दिनमा समेत गर्दै जाने चेतावनी दिएको छ । काँग्रेसका कतिपय नेताहरुले चुनाव गर्नका लागि संसद विघटन भई सत्ता, कुर्सी जोगाउँदै एमसीसी पास गराउनका लागि प्रधानमन्त्री ओलीले गैर सम्वैधानिक कदम अघि बढाएको बताउदै आएका छन । अहिले काँग्रेसको पक्षमा जनलहर बढेका बेला चुनाव गराउन ओली डराएको बताउदै नेताहरुले चुनाव भनेर केही नेता हर्षित हुनको अर्थ नभएको समेत बताएका छन ।

ताजा समाचार