Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीसिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा समपन्न, अध्यक्षमा भट्ट

सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा समपन्न, अध्यक्षमा भट्ट

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको श्री सिद्ध बैजनाथ बहुउद्देश्यीय सहाकारी संस्थाको विशेष साधारण सभा समपन्न भएको छ । बेलडाँडी वडा नं.२ मा रहेको उक्त संस्थाले आजै नयाँ कार्यसमिति चयन गरेको छ ।

बेलडाँडीका अगुवा युवा क्षतिज भट्टको अध्यक्षतामा ९ जना कार्य समिति गठन भएको समितिका अध्यक्ष भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार लक्षित बर्ग तथा कृषिमा जोड दिने गरी नयाँ कार्य समिति चयन गरिएको बताउनु भयो । बेलडाँडी गाउँपालिकाकै सबै भन्दा जेठो संस्थाका रुपमा २०६४ स्थापना भएको जनाइएको छ । बेलडाँडीका अगुवा युवाहरुले यस संस्थालाई पनः संचलानमा ल्याउन नयाँ कार्यसमिति चयन गरेर अगाडी बढेका हुन् ।

कार्यसमितिमा उपाध्यक्ष प्रकाश माली, सचिव सचिन कठायत, कोषाध्यक्ष चित्र राज जोशी, सदस्यहरुमा तेज सिह धामी, दत्तराम उपाध्याय, पुष्पराज भट्ट, जितेन्द्र गिरी र शुसिला उपाध्याय चयन भएका छन् । नव कार्यसमितिले संस्थाको हितको काम गर्ने भन्दै नयाँ जोसका साथ संस्थालाई अगाडी बढाउने अध्यक्ष भट्टले बताए । केहि समयमै नयाँ सेयर समेत वितरण गर्ने वहाँले जनाउनु भयो । यस सहकारी संस्थाले जिविकोपार्जन गर्न विभिन्न तालिमको आयोजना समेत गरिने जनाएको छ ।

ताजा समाचार