काठमाण्डौँ,

प्रतिनिधी ससा विघटन बिरुद्ध नेकपा निकट अनेरास्ववियूले समेत काठमाण्डौँमा बिरोध प्रर्दशन गरेको छ । मंगलबार अनेरास्ववियू केन्द्रीय समितिको आयोजनामा संसद विघटन बिरुद्धमा काठमाण्डौँमा बिरोध प्रर्दशन गरेको हो । अनेरास्ववियूका नेता किशोर भट्टले अधिनायक, प्रतिगमन बिरुद्धमा काठमाण्डौँमा अनेरास्ववियू, युवा संघ लगायतका नेकपा भातृ संघ संगठनले बिरोध गरेको बताए । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ्ग, युवा संगठनका केन्द्रंीय अध्यक्ष राम प्रशाद सापकोटा(दिपशिखा) लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अनेरास्ववियू, युवा संघका शिर्ष नेताहरुले जनताको अभिमतको उलङघन गर्दै असम्वैधानिक कदम बिरुद्ध आन्दोलनको आँदिहुरी ल्याउने चेतावनी दिएका छन । संविधानमा हुँदै नभएको विषय अघि सारेर प्रधामन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले नेपालमा के गर्न खोजेका हुन भन्ने बारेमा प्रशन गरिएको छ ।
