Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारप्रधानमन्त्री ओलीले जनताको सपना निर्मतापुर्वक कुल्चिए ः रावल

प्रधानमन्त्री ओलीले जनताको सपना निर्मतापुर्वक कुल्चिए ः रावल

डम्मरराज भट्ट,कञ्चनपुर
नेकपा कम्यूनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका सपना निर्मतापुर्वक कुल्चिएको बताएका छन ।
मंगलबार नेकपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको बिरोध सभा कार्यक्रममा सम्बोधन गर्दै रावलले प्रधानमन्त्री ओलीले जननिर्वाचित संसद विघटन गरेर जनताको सपना निर्मतापुर्वक कुल्चिएको बताएका हुन । पुर्व उपप्रधानमन्त्री समेत रहेका रावलले ओलीले संविधान कुल्चिदै राष्ट्र, जनतामाथि घात गरेको टिप्पणी गरेका छन ।
नेकपा सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावलले प्रधानमन्त्रीको कदम राष्ट्रघाती, जनबिरोधी, संविधानको मर्म भावना विपरित, पार्टी एकता बिपरित भएको समेत टिप्पणी गरेका छन ।
प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्र धरापमा पार्ने भएकाले लोकतन्त्रको रक्षाका गाँउ गाँउबाट प्रतिगमनको बिरोध गर्न आब्हान गर्नुभयो । ‘संविधानको धारा ७६ र ८५मा प्रधानमन्त्रीलाई जन निर्वाचित संसद विघटन गर्ने कुन अधिकार छ ?, रावलले प्रशन गर्दै भन्नुभयो, ‘सबै सम्भावना हुँदाहुदै ओलीले संविधानको आवशान गर्नुभयो ।’ 
प्रधानमन्त्री ओलीले गुटको स्वार्थबाट प्रेरित भएर गैर सम्बैधानिक कदम चाल्नुपर्ने अवस्था सृजना भएको रावलको भनाई छ । ‘पुष ५ गते नेपाली जनताको अधिकारमाथि कुल्चिएको दिन हो, ‘रावलले भने, ‘संविधानको रक्षा गर्ने नेकपाको संकल्प एकता थियो, त्यो टुट्यो ।’
प्रधानमन्त्री ओलीको गलत कामको बिरोध मात्रै गरेको बताउदै रावलले प्रधानमन्त्रीले भनेको पार्टीबाट काम गर्न नदिएको अभिव्यक्तिमा नेता रावलले हो, ‘गैर सम्वैधानिक र राष्ट्रघाती एमसीसी, कुटनीतिक मार्यादा विपरितका काम रोकेकै हौँ, तर सम्बृद्धि र विकासका काममा कुनै असहयोग गरेका छैनौँ ।’ सत्ता र स्वार्थकोगुट उपगुटमा डुबेर प्रधानमन्त्रीले संसद विघटन गरेको बताउदै ओलीले सर्वोच्चले फैसला गर्ने बताउदै नभए लोकतन्त्र रक्षाका लागि जनआन्दोलनको विकल्प नभएको बताए । रावलले संसद शुचारुका लागि आफु सहितका ८३ जना प्रतिनिधी सभा सदस्यको हस्ताक्षर लगेर राष्ट्रपति कार्यालयमा पुगेर समावेदन दर्ता नगरेको बताउदै संसद विघटन गर्ने मनसायले राष्ट्रपति कार्यालयले दर्ता नगरिदिएको दुखेसो पोखे । 
रावलले प्रधानमन्त्रीमाथि नवदारवादी केपी ओलीको अवतार भएको आरोप समेत लगाएका छन । नेकपा बहुमत सदस्य प्रचण्ड नेपाल पक्षमा रहेको बताउदै रावलले निर्वाचन आयोगले समेत न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता रावलले प्रधानमन्त्रीलाई झुट बोल्ने मान्छे भन्दै उखान टुक्काले काम नगर्ने बताए । प्रधानमन्त्रीलाई प्रशन गर्दै रावलले हामीहरुले तपाई के काम गर्न दिएन, भन्दै प्रशन समेत गरेका छन ।
लाज पचाएका गुलियो चाट्नका लागि पुर्व माओवादीबाट केही मान्छे मन्त्री बन्न गएको टिप्पणी गर्नुभयो । ओली र प्रचण्डविच अढाई अढाई बर्ष सत्ताको नेतृत्व सहमती भएपनि ओलीले त्यो लगायतका अन्य धेरै सहमती कार्यान्वयन नगरेको बताए । ओलीले सुदूरबाट चार चार मन्त्री बनाएर गुट खडा गरेर मान्छे किन्ने काम गरेको समेत दावि गरेका छन ।

ताजा समाचार