Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकम्युनिष्ट साथीहरुका तीन वर्ष पहिलेका घोषणापत्र जनतासामु ल्याउनु पर्नेमा नेता लेखकको जोड

कम्युनिष्ट साथीहरुका तीन वर्ष पहिलेका घोषणापत्र जनतासामु ल्याउनु पर्नेमा नेता लेखकको जोड

महेन्द्रनगर,
देशभर नेपाली कांग्रेसले बिरोध सभा आयोजना गरे अनुरुप कञ्चनपुरका तीन ओटै निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस कञ्चनपुरले जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा सोमवार भव्य रुपमा विरोध सभा सम्पन्न गरेको हो ।

देशका १ सय ६४ निर्वाचन क्षेत्रमा नै ऊक्त कार्यत्रम आयोजना गरिएको हो । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ मा प्रमुख वक्ताका रुपमा संविधान सभा सदस्य दिवान सिंह बिष्ट रहेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एनपी साउँद र क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रमेश लेखक प्रमुख वक्ताका रुपमा रहेको नेपाली कांग्रेस जिल्ला सभापति हरी प्रसाद बोहराले बताए ।
सरकारको सर्वसत्तावाद विरुद्ध नेपाली कांग्रेस यो वर्ष दोस्रो पटक सडकमा उत्रिएको हो । कांग्रेसले सोमवार आयोजना गरेको सो बिरोध सभामा निकै बाक्लो जनसहभागिता रहेको पाइन्छ ।

कञ्चनपुरको क्षेत्र नं. ३ मा नेता लेखकले सम्बोधन गर्दै कम्युनिष्टले जिते भने देशले हार्ने र कांग्रेसले जित्यो भने देश र जनता दुवैले जित्ने गरेको बताएका छन् । ‘देशमा कम्युनिष्टले जित्यो भने कम्युनिष्टपार्टी मात्रै जित्छ, देशले हार्छ तर कांग्रेसले जित्यो भने देश र जनताले जित्छन ।’ उनले भने –‘त्यसैको फलः स्वरुप दुई तिहाईको केपी ओली सरकारले प्रतिनिधी सभाको हत्या गरेको हो ।’
नेपाली कांग्रेस बिरोध सभाका साथ देश भरीका एक सय ६४ निर्वाचन क्षेत्रमा सडकमा आउनु पर्ने दुभाग्यपुर्ण स्थिती नेपाल कम्युनिष्ट पार्टीको तत्कालिन गठबन्धनले सिर्जना गरेको नेता लेखकले बताए ।
पाँच वर्षका नेपाली जनताले लिएको जनादेश, विश्वास र नेपाली जनताको भरोसालाई खण्डित गरेर, दुई तिहाईको संसदलाई हठात बिघटन संगै मध्यावधीको घोषणा गरेर यो सरकार अगाडी बढ्नु दुर्भाग्यपुर्ण रहेको नेता लेखकले बताए । ‘नेपाली जनताले अनुमान समेत गर्न नसकेको एउटा राजनीतिक दुर्घटनाका बारेमा नेपाली कांग्रेसले शुक्ष्म रुपमा छलफल गर्दा, प्रतिनिधी सभाको हठात बिघटन गर्ने कार्य अधिनायकवादी, सर्वसत्तावादी, निरंकुसतावादी र तानाशाहीवादी प्रवृतीको परिणाम भएको हामी निर्ष्कषमा पुग्यौं ।’ नेता लेखकले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधि सभाको विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रीक रहेको नेता लेखकले बताए । प्रतिनिधि सभाको विघटन गरेर प्रम ओलीले मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने दुस्साहस सर्वाधिक निन्दनिय कार्य रहेको उनको दाबी छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भनाईलाई उदृत गर्दै नेता लेखकले भने– ‘नेपालमा कम्युनिष्ट सरकार आयो भने हास्न पनी पाइदै, रुन पनि पाईदैन, हाम्रा सभापति देउवा ज्यूले भन्दा जनस्तरमा हासो उठेको थियो । तर जब कम्युनिष्ट सरकार नेपालमा आयो, हामी बलात्कार बछी हत्या गरिएकी १३ वर्षीय वालिका निर्मला पन्तको न्यायका लागि रुदै सडकमा गयौं । तब सडकमा आएर रुन पाईदैन भन्दै कम्युनिष्ट सरकारले तपाई हामी माथि गोली बर्साए सन्नी खुनाको ज्यान गयो, कयौ घाइते भए, त्यो घटना हामी सबैको मानसपटलमा अझै ताजै छ ।’ उनले भने ‘जनतालाई कम्युनिष्ट सरकारले रुन समेत दिएन । अधिनायकवाद भनेको यही हो । सर्वसत्तावाद भनेको यही हो ।’
कञ्चनपुरमा चुनावको प्रचार गर्दै गर्दा कम्युनिष्टहरुले दोधारा–चाँदनीमा दुई हजार र भीमदत्त नगरपालिकामा पाँच हजार युवाहरुलाई रोजगारीको व्यवस्था गर्छौ भन्नेहरुले आज आफ्नो नगरमा भएका छाडा चौपायाहरुको व्यवस्थापन गर्न नसकेको देख्दा आफुलाई हाँसो उठ्ने गरेको नेता लेखकले बताए । यो संगै कम्युनिष्ट नेताहरुले तीन वर्ष पहिला कञ्चनपुरमा चुनावका बखत ल्याएका घोषणापत्रहरु ल्याएर आफु पुनः फिल्डमा आउने उनले बताए ।
कमरेडहरुले धेरै गफ दिन थालेको भन्दै पुर्व मन्त्री लेखकले भने– ‘म भौतीक पुर्वाधार मन्त्री भएको बेलामा चार अर्ब रुपैया बजेटबाट छुट्टाएर माहाकाली नदीमा चार लेनको पक्की पुल बनाउने काम हामीले सुरु गरेका हौं ।’ उनले भने– ‘तर कतिपय कमरेडहरु के भन्नु हुन्छ भने यो पुल त हामीले बनाएका हौं, झुटको पनि हद हुन्छ ।’
माहाकाली नदी माथि बन्दै गरेको चार लेनको पक्की पुल दोधारा–चाँदनीलाई मात्रै जोड्न बनेको नभएर दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह बनाउने र त्यो सुख्खा बन्दरगाहलाई भारतको राजमार्ग संग जोड्ने अनि माहाकाली नदीको किनारामा ब्रह्मदेव देखि लिएर दार्चुलाको बर्डर सम्म माहाकाली करिडोर बनाउने अनि यो ठाउँलाई भारत र चिनका बिचमा हिड्ने तिर्थ यात्रीहरुको पनि मुल बाटो, व्यापार र उद्योगधन्दाको पनि मुलबाटो बनाउने उद्धेश्यका साथ मनाएको मुल योजना रहेको पुर्वमन्त्री लेखकको दाबी छ ।
कञ्चनपुरलाई बिराटनगर र बिरगञ्ज भन्दा ठुलो नाका बनाएर देशको सबैभन्दा ठुलो व्यापारीक नाकाका रुपमा चिनाउने भन्ने नेपाली कांग्रेसको ध्येय भएको नेता लेखकले बताए ।
दोधारा–चाँदनीमा तीन वर्ष देखि सुख्खा बन्दरगाह बन्छ भन्दै, ठाउँ सार्ने काम मात्रै कम्युनिष्ट नेताहरुले गरिरहेको नेता लेखकको आरोप छ । कहिले कुतियाकवर, कहिले कञ्चभोज र अहिले आएर चाँदनीमा सुख्खा बन्दरगाह सार्दै जाने प्रवृतीले कञ्चनपुर त्रिदेशिय नाका बन्न नसक्ने उनले बताए । 

ताजा समाचार