Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीआधारभूत स्वास्थ्य सेवा सुचारु

आधारभूत स्वास्थ्य सेवा सुचारु

कञ्चनपुर,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले  वडाबाट आधारभूत स्वास्थ्य सेवा सुचारु गरेको छ ।
सोमबार बेलडाँडी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको  उद्घाटन गरिएको हो । आधारभूत रुपमा नागरिकले पाउने स्वास्थ्य सुविधा अब वडाबाट पाउने भएका छन् । केन्द्रको उद्घाटन गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले गर्नु हुदै भने “ जनतालाई स्वास्थ्य सेवा सहज र सुलभ ढङ्गबाट घरदैलोमा स्वास्थ्य सेवा दिने भन्ने उद्देश्यका साथ सरकारको निति नियम अनुसार प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ वडा नम्बर १ मा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको जनाए ।”

बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अम्मर बहादुर खत्रीले भने “नेपाल सरकारकोे कार्यक्रम अनुरुप सो आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरीएको हो ।” उनले भने “अब सम्पुर्ण वडा वासिलाई आधारभूत स्वाथ्य सेवा केन्द्रबाट सेवा लिन समेत  आग्रह गर्नु भयो ।”
अाधारभूत स्वास्थ्य सेवा वडामा स्थापना भएपछि वडावासी खुसी भएका छन् ।

ताजा समाचार