Monday, August 8, 2022
गृहपृष्ठमुख्य समाचारकृष्णपुरको समावेसी सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारी बढ्दै

कृष्णपुरको समावेसी सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारी बढ्दै

विकास सिह महता,

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको समावेसी सामुदायिक वनमा वन्यजन्तु चोरीशिकारी भईरहेको छ । कृष्णपुर नगरपालिका ३कटानमा रहेको समावेसी सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारी भईरहेको हो ।

समावेसी सामुदायिक वनकै अध्यक्ष हरिराम चौधरी नेतृत्वको टोलीले गयरात बदेकको मासु सहित बरामद गरेको घटनाले सो वनमा व्यापक वन्यजन्तुको चोरीतस्करी भईरहेको पाईन्छ । सामुदायिक वनमा अध्यक्ष चौधरीले आफुले वनभित्र वन्यजन्तु मारेर मासु काटेर भाग हालेको फेला परेको बताए । स्थानीयले सामुदायिक वनकै जिम्मेबारी व्यक्तिबाट वनमा वन्यजन्तुको शिकार हुने गरेको दावि गर्दै घटनाको छानबिनको माग अघि सारेका छन ।

मासु काटेर खाने व्यक्ति समुहले भोली अझै वन र वन्यजन्तु चोरी तस्करी गर्ने भएकाले नियन्त्रणको माग अघि सारिएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले सामुदायिक वनबाट बरामद गरिएको वन्यजन्तुको मासुका विषय अनुसन्धान हुने र दोषि उपर कार्बाही हुने बताए । प्रवक्ता अवस्थीले वन्यजन्तु सरक्षण ऐन अन्र्तरगत संलग्नलाई कार्बाही हुनेछ ।

ताजा समाचार