Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व   हस्ताक्षर हावादारी हल्ला

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व   हस्ताक्षर हावादारी हल्ला

धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएकाे भन्ने हल्ला हावादारी मात्र भएको छ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर चलाएको भन्ने अनावश्यक हावादारी कुरा भएको नेकपाका युवा नेता झलक सिंहले जानकारी गराए ।
वहाँका अनुसार केपी पक्ष सुदूरपश्चिममा कमजोर देखिए पछि एकता बिथोल्न हावादारी कुरा फैलाएको बताए ।

उनले भने बहुमत प्रदेशसभा सदस्य आफ्नो पक्षमा रहेकाले सुदूरपश्चिम सरकार सुरक्षित रहेको दाबी गर्दै यसलाई फुटाउन अनेक सडयन्त्र गरिराखेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले भने हस्ताक्षर अभियान चलेको कुरा सुनिएको भएपनि त्यो तथ्यपरक नभएको दाबी गरेका छन्।

‘बिहान मात्र मुख्यमन्त्री ज्यूले अध्यक्ष कमरेड प्रचण्डसँग छलफल गरेर आउनुभएको छ। प्रदेश सरकारसँग सम्बन्धित कुनै पनि निर्देशन पार्टीको छैन्,’ओलीले भने, ‘पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने कुरा भएका कारण बजारमा आएको हल्ला मात्र हो त्यो कुरा तथ्यपरक भने होइन्।’

ताजा समाचार