Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीअज्ञात समुहद्वाराल दोधाराचाँदनीको सामुदायिक विद्यालयमा आगजनी

अज्ञात समुहद्वाराल दोधाराचाँदनीको सामुदायिक विद्यालयमा आगजनी

 खडक रावल,कञ्चनपुर
शनिबार सार्वजनिक विदाका दिन अज्ञात समुहले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिको एक सामुदायिक विद्यालयमा आगजनी गरेकोछ । शनिबार विद्यालय संचालन भएको मौका छोपी अज्ञात समुहले दिउँसै दोधाराचाँदनी नगरपालिका १ चाँदनीको महाकाली आर्दश माविमा आगजनी गरेको हो । विद्यालयमा आगजनीबाट भौतिक संरचनाका क्षति पुगेकोछ । भित्र रहेको फर्निचर र भवनमा क्षति पुगेकोछ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका दोधाराचाँदनी नगरपालिका १का वडाध्यक्ष अर्जुन दत्त भट्टले विद्यालयको गोदामघरमा रहेका सबै नयाँ पुरान फर्निचर एव समाग्री जलेर नष्ट भएको बताए । अध्यक्ष भट्टले स्थानीय, सुरक्षा निकाय जनप्रतिनिधी लगायतले दमकलबाट आगो निभाएर थप क्षतिबाट जोगाएको बताए ।
नेकपा महाकाली इन्चार्ज अर्जुन दत्त भट्टले विद्यालय जस्तो पवित्र संस्थामा आगजनी गर्ने समाज बिरोध समुह भएकाले आगजनी जस्तो गम्भिर अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरमा ल्याउनुपर्ने बताए । ‘विद्यालय एक अज्ञातबाट ज्ञानको ज्योति फैलाउने संस्था हो, ‘उनले भने, ‘विद्यालयमा आगजनी गर्ने समुह समाज, जनता र देश बिरोधी भएकाले कार्बाहीको विकल्प छैन ।’ नेकपा नगर इन्चार्ज भट्ट सहितका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्नेमा जोडदिएका छन । इलाका प्रहरी कार्यालय दोधाराले घटनाको छानबिन हुने जनाएकोछ । इप्रका दोधाराका लाल बहादुर बमले घटनाको अनुसन्धान गरिने बताए । ‘अनुसन्धान जारी गछौँ, ‘उनले भने, ‘सस्कापद व्यक्तिमाथि छानबिन गरेर दोषिलाई पत्ता लगाउँछौँ ।’
\

ताजा समाचार