Saturday, December 3, 2022
गृहपृष्ठमुख्य समाचारएक सय ६० हेक्टर जमिन  पूर्नउत्पादन हजार घरधुरी संरक्षित

एक सय ६० हेक्टर जमिन  पूर्नउत्पादन हजार घरधुरी संरक्षित

कञ्चनपुर, १० पौष 

कञ्चनपुरमा एक बर्षको अवधिमा साढे आठ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मार्फत गत आर्थिक बर्षमा साढे आठ किलोमिटर तटबन्ध निर्माण गरिएको हो । गत आर्थिक बर्ष २०७६÷०७७ मा मात्रै जिल्लाका दर्जनौँ नदी तथा खोला नालाहरुमा तारजालीको तटबन्ध निर्माण गरिएको थियो ।  जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख महादेव विष्टले मुख्य चार नदी सहित दर्जनौँ नदीखोला नालामा तटबन्ध निर्माण गरिएको बताए ।

कार्यालय प्रमुख विष्टका अनुसार चौधर नदी २.३, जोगबुढा नदी २.३, बनहरा ०.७ र सुनबरा ३.५० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । यसका साथै जिल्लाका अन्य खोला नालाहरुमा ३किलोमिटर तटबन्ध समेत निर्माण गरिएको छ । एक बर्षमा निर्माण गरिएको तटबन्धबाट १सय ६०हेक्टर जमिन पुर्नरुत्पादन र एक हजार घरदुरी संरक्षित भएका छन । ‘तटबन्ध निर्माणपछि जनताको खेर गईरहेको जमिन सदुपयोग भएको छ, ‘कार्यालय प्रमुख विष्टले भने, ‘बस्ती र उर्बरा भूमि संरक्षण भएको छ ।’ चौधर नदीको बेदकोट नगरपालिका ७चुरेपानी मुसेपानी क्षेत्रबाट दक्षिण शुक्लाफाँटा निकुञ्जसम्म विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएको छ । चौधर नदीबाट ४ सय, जोगबुढा नदीबाट २ सय, बनहरा, सुनबरा एक सय र खाना खोलानालाबाट ३ सय परिवारको घरखेत सुरक्षित भएका छन । तटबन्ध निर्माणबाट उर्बराभूमि र घरखेत संरक्षित भएको स्थानीयले बताएका छन । बेदकोट नगरपालिका ७ मुसेपानीका स्थानीय पदम सुनारले तटबन्ध निर्माणसंगै नदी किनारमा अनुत्पादक रहेको खेत पुर्नरुत्पादन भएको र घरखेत सुरक्षित रहेको बताए ।

‘तटबन्धले घरखेत जोगिएको छ, ‘उनले भने, ‘तटबन्ध निर्माणबाट स्थानीय लाभान्वित भएका छन ।’  चालु आर्थिक बर्ष २०७७÷०७८ मा २५ नदि कटानी नियन्त्रणका योजना रहेको बताए । यसका साथै कार्यालयले गत आर्थिक बर्षमै सिँचाईका योजना समेत निर्माण गरेको छ । २.५०किलोमिटर पक्की र ५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए । पुर्व, पश्चिम रौटेला, अमरजाही, ब्रम्हदेब, धारापानी, क्षेत्रमा सिँचाई निर्माणसंगै ७सय ६०हेक्टर जमिन सिँञ्चित भएको छ । ‘तटबन्धका साथै हामीले सिँचाईको काम समेत अघि बढाएका छौँ, ‘कार्यालय प्रमुख विष्टले भने, ‘नदी नियन्त्रणबाट उर्बराभूमि संरक्षित भएको छ ।’ स्थानीय जनताबाट नदीतथा खोलाको शिरानी र पुछारसम्मै तटबन्धका लागि माग आएको बताउदै कार्यालय प्रमुख विष्टले त्यसका लागि पंर्याप्त बजेट नहुने बताए ।

कार्यालयले चौधर, बनहरा र कन्कट्टी तीन नदीको डिपिआर समेत निर्माण गरिरहेको बताए । ‘यस बर्ष हामी तीन नदीको कटानी नियन्त्रणका लागि डिपिआर गरिरहेका छौँ, ‘उनले भने, ‘बाँकीको पनि गरेर कञ्चनपुरलाई कटानीबाट उर्बराभूमि जोगाउँदै उत्पादनमा बृद्धि गछौँ ।’

ताजा समाचार