सुदूरपश्चिम,

त्यसमा तत्कालीन माओवादी केन्द्रतर्फका १४ र एमालेका २२ जना रहेका थिए । तर, तत्कालीन एमाले माओवादी एकता हुँदा माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका सुदूरपश्चिमका १४ मध्ये १३ जना प्रचण्ड नेपाल समूहमै रहेका छन् । उद्योगमन्त्री समेत रहेका लेखराज भट्टबाहेक अरु सवै केन्द्रीय सदस्य प्रचण्ड नेपाल समूहमा रहेको केन्द्रीय सदस्य खगराज भट्टले जानकारी दिए ।
उनका अनुसार प्रचण्ड नेपाल समूहमा रहेका केन्द्रीय सदस्यहरुमा बैतडीका नरेन्द्र कुँवर, रेनु चन्द, दार्चुलाका लक्ष्मणदत्त जोशी, देवराज जोशी,अछामका तारामान स्वाँर, शरदसिंह भण्डारी, डोटीका त्रिलोचन भट्ट, कैलालीका वीरमान चौधरी, रुपा थारु, नेप बहादुर चौधरी प्रचण्ड–नेपाल समूहमै रहेका छन् । त्यसैगरी कञ्चनपुरका बिना मगर, देवीलाल चौधरी, तथा डडेल्धुराका खगराज भट्ट ओली समूहमा नलागेर प्रचण्ड–नेपाल समूहमै लागेका छन् । । त्यस्तै पूर्वमाओवादी पक्षका चार जिल्ला अध्यक्ष र ५ जना सचिव पनि प्रचण्ड नेपाल–समूहमै छन् ।
