Saturday, December 3, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारराष्ट्रिय जनमोर्चाद्वारा अोलीले चालेको कदमको बिरोध

राष्ट्रिय जनमोर्चाद्वारा अोलीले चालेको कदमको बिरोध

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा द्वारा बिरोध कार्यक्रम अायोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीले चालेको असम्बैधानिक, अलोकतान्त्रिक चालेको कदमको बिरोध कार्यक्रम गरेका हुन ।
बिरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बर्गिय संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
अोलीले चालेको कदमले जनताको अपमान गरेको बताउदै सिस्टमको बिरोध रहेको जनमोर्चाले जनाएको छ । 
अाफुहरूले संघियता खारेजीको माग गर्दै अाएको संघियताले जनतालाई अनावश्यक दुख दिनेकाम गरेको बताए । राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा, संघियताको विरूद्धमा, एमसिसीको विरूद्धमा र चरम भ्रष्टाचारको बिरूद्धमा अाफ्ना कार्यक्रम देशब्यापी रूपले संचालन भएका एक नेताले बताए ।

ताजा समाचार