Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चि नेकपा कार्यालयमा प्रचण्ड नेपाल पक्षधरको ताला

सुदूरपश्चि नेकपा कार्यालयमा प्रचण्ड नेपाल पक्षधरको ताला

कैलाली,

सुदूरपश्चि प्रदेश नेकपा कार्यालयमा प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ताले ताला लगाएका छन् ।

केपी हिटलर बन्न पुगेको भन्दै नेता कार्यकर्ता धनगढीमा रहेको प्रदेश कार्यालय आफ्नो कब्जामा लिएको जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको कदर नगरेको भन्दै आक्रोसित कार्यकर्ताले यो कार्यालय हिटलर जस्ताहरुको नभएको भन्दै आफ्नो कब्जा जमाएको प्रचण्ड पक्षधर नेताले बताए । देशै भरका नेकपाका कार्यालयहरुमा प्रचण्ड माधव पक्षको पकड बढी भएको स्पष्ट देखिएको छ । अन्य ठाउँका कार्यालय समेत आफुहरुको नियन्त्रण्मा लिने तयारी भएको एक नेताले बताए ।

प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा शुरुका दिन देखिनै विरोध र्‍याली आयोजना गर्दै आएका छन्।

ताजा समाचार