Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीपूर्वमन्त्री दीर्घ सोडारीलाई नेपका कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी, केपी गुटका कैलालीका अध्यक्षको...

पूर्वमन्त्री दीर्घ सोडारीलाई नेपका कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी, केपी गुटका कैलालीका अध्यक्षको पद धरापमा

कैलाली,

सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई आज बसेको नेकपा केन्द्रिय कमिटिको बैठकले कारवाही फुकुवा गर्दै पुनः जिल्ला अध्यक्षमा बहाली गरेको छ । बहुमत केन्द्रिय सदस्यको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोडारीको कारवाही फुकुवाका साथै कैलाली जिल्लाको अध्यक्ष भएको घोषणा गरेका हुन् ।

प्रचण्डले सम्पूर्ण जिम्मेवारीसहित सोडारीको कारवाही फुकुवा भएको घोषणा गरेको बैठकमा सहभागी एक जना केन्द्रिय सदस्यले जानकारी दिए । प्रधानमन्त्री केपी शर्माओली गुटकाले वहाँलाई सडयन्त्र मुलक तरिकाले अनैतिक सम्बन्धको विषयमा फसाउन खोजेको भन्दै कारवाही फुकुवा गरेको जनाए । बैठकले वहाँलाई कैलालीको अध्यक्ष रहिरहन समेत आदेश गरेपछि केपी गुटका अध्यक्षको पद धरापमा परेको छ ।

ताजा समाचार