Friday, August 19, 2022
गृहपृष्ठदैनिक गतिविधीसत्तापक्षकै विद्यार्थीद्वारा संसद विघटनको बिरोध

सत्तापक्षकै विद्यार्थीद्वारा संसद विघटनको बिरोध

कञ्चनपुर,
सत्तापक्षकै विद्यार्थी अनेरास्ववियूले संसद विघटनको बिरोध, भत्र्सना गर्दै आन्दोलन गरेका छन ।

जननिर्वाचित प्रतिनिधी सभा (संसद) विघटनको चौतर्फि भन्र्सना भईरहेका बेला सत्तापक्षीय नेकपा निकट अनेरास्ववियूले आइतरबारै काठमाण्डौँको माईतीघर मण्डलामा बिरोध प्रर्दशन गरेका हुन ।

अनेरास्ववियूका नेता किशोर भट्टले गणतन्त्रको रक्षा गर । संसद विघटन प्रस्ताव फिर्ता गर । भन्दै अनेरास्ववियूले बिरोध प्रर्दशन गरेको बताए । उनले प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको प्रंस्ताव राष्ट्रपतिले हतारमा पारित गरेर जनताको जनमतको धज्जी उडाएकाले साँकेतिक बिरोध स्वरुप आन्दोलन गरिएको बताए ।

अनेरास्ववियूका नेता भट्टले प्रधानमन्त्री बिरुद्ध संसदमा अविश्वासको प्रंस्ताव दर्ता भएपछि मात्रै संसद विघटन गर्नु गैर सम्वैधानिक कदम भएकाले त्यस बारेमा सभामुखले विशेषाधिकार प्रयोग गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

जनताको जनमत कदर भएको भन्दै उनले त्यसको आम नागरिक स्तरबाट समेत बिरोध भईरहेकाले सरकारले सोच्नुपर्नेमा सुझाव दिए । अनेरास्वियूले प्रंस्ताव फिर्ता नलिन्जेलसम्म काठमाण्डौँ सहित देशभरी बिरोध प्रर्दशन गर्ने चेतावनी दिएको छ ।

ताजा समाचार