Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारहसनपुर युथ क्लबद्धारा महिलाहरु लाई आत्मरक्षा तालिम

हसनपुर युथ क्लबद्धारा महिलाहरु लाई आत्मरक्षा तालिम

बिकाश सिंह महता,कञ्चनपुर ,

समाजमा दिनप्रतिदिन बढ्दै गएका विकृति विसंगति लाई मध्यनजर गर्दै महिलाहरु लाई धनगढीमा एक क्लबद्धारा आत्मरक्षाका लागि तालिम दिएको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसको सन त्रासका बाबजुद पनि सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउदै महिला माथी हुने हिंसा लाई न्यूनीकरण गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका ,वडा कार्यालयको समन्वयमा र हसनपुर यूथ क्लब धनगढी उपमहानगरपालिका वडा न.५ को आयोजनामा महिला हिंसा विरुद्धको अभियान लाई आत्मसात गर्दै प्रहारको टिमद्धारा एक दिने आत्मरक्षा प्रशिक्षण तालिम सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले बताएकी छन् ।

उनका अनुसार महिला माथी हुने हिंसाबाट सुरक्षीत रहनका लागि १ सय ५० जना महिला लाई आत्मरक्षा प्रशिक्षण तालिम दिएको छ। भने उक्त आत्मरक्षाका लागि तालिम लिनका लागि सहभागी सम्पुर्ण लाई एक कार्यक्रमका साथ प्रमाणपत्र समेत दिएको छ।

कार्यक्रमका सभापति क्लबका अध्यक्ष तेज बम,प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपमेयर सुशीला मिश्र भट्ट, विशिष्ट अतिथि वडा न. ५ का अध्यक्ष हिरा सिंह पातली ,वडा न.१ का अध्यक्ष सन्तोष बुडवणि ,कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह, निसर्ग हस्पिटल एण्ड रिसर्च प्राइभेट लिमिटेडका अध्यक्ष तिर्थराज पन्त, राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघका कैलालिका अध्यक्ष एवं प्रहार टिमका संस्थापक प्रकश चन्द लगायत कैलाली जिल्ला प्रहरी प्रमुख अनुपम शमशेर जबरा, सशस्त्र प्रहरी बल ३४ गणका प्रमुख दिपेन्द्र कुवँर र कार्यक्रमका विशेष पात्र भगिराम चौधरीका साथै क्लबका पदाधिकारीहरु को उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन ललित मिश्रले गर्नु भएको थियो।

ताजा समाचार