Friday, August 19, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकञ्चनपुरका भूमिहिन जनता अब जमिनका मालिक बन्ने

कञ्चनपुरका भूमिहिन जनता अब जमिनका मालिक बन्ने

कञ्चनपुरका भूमिहिन जनता अब जमिनका मालिक बन्ने भएका छन । लामो समयदेखि एकै ठाँउ ऐलानीमा बस्दै आएका जनता अब जमिनका मालिक बन्ने भएका हुन । पुस्तौँदेखि जमिन उपभोग गर्र्दै आएका कञ्चनपुरका भूमिहिन जनता अब जमिनको स्वामित्व लालपुर्जाधारी बन्ने भएका हुन । त्यसका लागि संघीय सरकारले योजना अघि सारेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले कञ्चनपुरका पाँच स्थानीय सरकारसंग सम्झौता गरेको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख त्रिलोचन प्रशाद भट्ट, सघीय संसद नर बहादुर धामी, आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञावली केन्द्रीय सदस्य अगस्तको उपस्थितिमा कञ्चनपुरका ५ पालिका सहित प्रदेशका १७ पालिकासंग सम्झौता गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकासंग आयोगले यस अघि नै सम्झौता गरिसकेको थियो । भने भीमदत्त, बेदकोट, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी लालझाडी गाँउपालिकासंग सम्झौता गरिएको हो ।

भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि आयोग र कञ्चनपुरका पाँच पालिकाविच एकसाथ सम्झौता भएको छ । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख शुशिला चन्द(सिह), बेदकोट नगर प्रमुख अशोक कुमार चन्द, उप प्रमुख शुशिला सिह, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, शुक्लाफाँटा नगर प्रमुख दिल बहादुर ऐर, उप प्रमुख तुलसी हमाल, प्रमुख प्रशासकीय अधिकृत विशन सिह थापा, लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायक, उप प्रमुख सत्यादेवी महरा, बेलडाँडी गााउपालिका प्रमुख धन ब. थापा, उप प्रमुख कमला कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले सम्झौतामा हस्ताक्षर एव सम्झौता गरेका छन । भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले निर्वाचनका जनतासंग गरेका बाचा अनुरुप अब सम्पूर्ण नगरका भूमिहिन दलित, सुकुमबासी एव अव्यवस्थित बसोबासी नागरिक जमिनका मालिक बनाईने बताए ।

विभिन्न कार्यपालिका बैठकबाट भूमिहिन, सुुकुमबासी र व्यववस्थित बसोबासीलाई उचित व्यवस्थापन गर्ने पालिकाको योजना रहेको मेयर विष्टले बताए । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले निर्वाचनका बेला जनतासंग गरेको बाचा अनुरुप बेदकोटका जनप्रतिनिधीले ०७४ मा सपथ ग्रहण गरेको पहिलो कार्यपालिका बैठकबाट भूमि सम्बन्धी समस्या समाधान र जनतालाई लालपुर्जाको मालिक बनाईने बताए । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले पनि आफुले चुनावमा बेला जनतासंग लालपुर्जा दिलाउने बाचा अनुरुप आज ऐतिहासिक काम भएको त्रताए ।

प्रमुख थापाले जनताको चाहना बमोजिम कम्यूनिष्ट नेतृत्वका जनप्रतिनिधीले काम गर्ने प्रण गरे । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले पनि चुनावमा जनतालाई दिएका आवश्वासन पुरा गर्ने चरणमा पुगेको बताए । शुक्लाफाँटा नगर प्रमुख दिल बहादुर ऐरले पनि चुनावमा जनतासंग गरेका बाचा पुरा हुने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले कम्यूनिष्टका जनप्रतिनिधीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रण अनुरुप संघीय सरकारले केन्द्रमा आयोग गठन गरेर कामकाज अघि बढाएको बताए ।

 

कम्यूनिष्ट नेतृत्वकै सरकारका पालमा जनता जमिनका मालिक बन्ने भएकाले पालिकाले युद्धस्तरमा काम गर्नुपर्नेमा सुझाव दिए । कार्यक्रममा मुख्यमन्त्री त्रिलोशन प्रशाद भट्टले सुदूरपश्चिमका सबै जनता जमिनका मालिक बन्ने बताए । मुख्यमन्त्री भट्टले सम्झौता गरिएका पालिकामा युद्धस्तरमा काम गर्न समेत निर्देशन दिदै बाँकी पालिकाको काम समेत अघि बढाईने बताए ।

ताजा समाचार