Wednesday, August 10, 2022
गृहपृष्ठमुख्य समाचारबेलाैरीमा न्यानो कम्बल (ब्ल्यांकेट) वितरण

बेलाैरीमा न्यानो कम्बल (ब्ल्यांकेट) वितरण

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ७ कार्यालयले सोमबार वडा भित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित, दलित तथा एकल महिलाहरुलाई न्यानो कम्बल (ब्ल्यांकेट) वितरण गरेको छ ।

बढ्दो चिसो मौषमलाई मध्यनजर गर्दै सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्यांकेट) वितरण गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठलाई उद्धृत गर्दै बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले जानकारी गराउनु भयो । उहाँका अनुसार, वडा कार्यालयमा आय‍ोजित कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, प्रशासन योजना शाखा प्रमुख सुशीला लेखक लगायतले लक्षितवर्गलाई न्यानो कम्बल (ब्ल्यांकेट) हस्तान्तरण गर्नुभएको हो ।

ताजा समाचार