Friday, September 30, 2022
गृहपृष्ठदैनिक गतिविधीफुटबल बिकासका लागि जिल्ला हुँदै केन्द्र सम्मको सहायक महासचिवको नेतृत्वमा थापा

फुटबल बिकासका लागि जिल्ला हुँदै केन्द्र सम्मको सहायक महासचिवको नेतृत्वमा थापा

बिकाश सिंह महता/कञ्चनपुर
कञ्चनपुर जिल्लाको फुटबल बिकासका लागि निरन्तर दिनरात खटिने एक कुशल व्यक्तित्व खेलाडी देखि जिल्ला हुदै केन्द्र सम्मको सहायक महासचिवको नेतृत्वको जिम्मेवारी समाल्दै आएका खेल प्रेमी भीम बहादुर थापा हुन ।
मानव जीवनकालमा जन्मलिएर यो पृथ्वीमा पाइला टेक्ने बितिकै कोहि ठुलो र असल मान्छे हुदैनन् । त्यसैले मानवको वृद्धि बिकास संगै जिन्दगीको जटिल यात्रा सुरु हुने गर्दछ । जो बाल्यकाल देखि लिएर युवा अवस्थामा जोस जागरूकका साथ इच्छाशक्ति आफू भित्रबाट उब्जेको अवस्थामा देखा पर्छ तब मान्छे कुनै न कुनै कुराको बारेमा चासो राख्ने गर्दछ । त्यो चाहे खेलकुद होस् वा कुनै अन्य विधा नै किन नहोस् भन्ने मनसाय बनाएर युवा अवस्था देखि नै खेलकुद क्षेत्रको फुटबलको यात्रा सुरु गरेका एक योद्धा हुन भीम बहादुर थापा ।

बैतडि नौहाटमा वि.स २०२१ फागुन महिनाको १६ गते जन्मेका थापाल वि.स २०३२ साल ११ वर्षको उमेर देखि फुटबलको यात्रा शुरु गरेका थिए । यसरी उनको फुटबल प्रतिको झुकाव दिन प्रतिदिन बढ्दै गएको थियो । खेलकुद प्रति निकै नशालु पनमा लिप्त भएका उनको निरन्तर फुटबल खेलप्रतिको लगाब बढ्दै गए पछी २०३२ साल देखि लिएर २०४४ साल सम्म क्लब स्तरीय, जिल्ला स्तरीय, अञ्चल स्तरीय, क्षेत्रीय स्तरका साथै उनले छिमेकी राष्ट्र भारतका पिलिभित, खटिमा, टनकपुर लगायत विभिन्न स्थानमा आफ्नो प्रतिभा देखाउनुको साथै विभिन्न पुरुस्कार हात पार्न सफल भए । त्यसपछि विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पनि सहभागी भै राष्ट्रिय स्तरका पुरुस्कार बाट सम्मानित भएका उनले बि.स २०४५ सालमा फुटबल खेलाडी बाट विश्राम लिए ।
एउटा फुटबलका लागि आधिकारिक संस्थाका रुपमा अखिल नेपाल फुटबल संघ भएता पनि जिल्ला स्तरमा संघको स्थापन भएको थिएन । उनको सकृयतामा बि.स २०५२ सालमा कञ्चनपुर जिल्ला फुटबल संघको गठन भएको थियो । यसरी खेलकुद क्षेत्रमा खेलाडी हुँदै एउटा कुसल नेतृत्व कर्ताको रुपमा बि.स २०६५ सालमा उनले कञ्चनपुर जिल्ला फुटबल संघको उपाध्यक्षको पदभार समाले एक पछि अर्को जिम्मेवारी थपिदै गएपछि उनले निरन्तर बि.स २०६६ देखि २०७४ साल सम्म लामो ८ वर्षको अन्तरालमा अध्यक्ष पदमा आसिन रहे । आफ्नो कार्यकालमा जिल्लाका दुई भेग महेन्द्रनगरको खुल्ला मञ्च र दक्षिण क्षेत्रको पुर्नवासमा जिल्ला लिग देखि लिएर विभिन्न खेलकुदका आयोजना गरे । ग्रामीण भेग देखि सहरी क्षेत्र लाई मध्यनजर गर्दै खेलाडी उत्पादनमा अहम् भुमिका खेल्नुका साथै उनको कार्यकालमा फुटबलको बर्चस्व छुट्टै रहेको थियो ।
त्यस अवधिमा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना दुई भेग मध्ये कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा न २मा अवस्थित रहेको अरनिको युवा क्लब संगको समन्वयमा प्रतियोगिताको आयोजना अरनिको युवा क्लबको खेलमैदान हुँदै आएको थियो । त्यसैगरी जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका वडा न.४ मा रहेको महेन्द्रनगरको खुलामञ्चमा पनि फुटबल प्रतियोगिता संचालन हुँदै आएको थियो ।
त्यस बेलामा खेलाडीहरुको खेलकुद प्रतिको छुट्टै झुकाप पर्ने गरेको र एउटा प्रतिस्पधी भावनाले अभ्यासमा होमिनुका साथै फुटबल प्रतिको माया बढ्दै गएको थियो । अहिले आएर खेलाडीले निराशा भएर खेल्नु पर्ने बाध्यता रहेको छ । जुन प्रतियोगिताको आयोजना नहुनु र एउटा अवसर नपाउने गरेको यो परिवेशमा पछिल्लो समय खेलकुद क्षेत्र नै थला परेको छ् ।
खेलकुद एउटा स्वास्थ्य र राष्ट्रका लागि खेलिने गरेता पनि फुटबल बिकासका लागि उनको निरन्तर यात्रा उकाली ओरालि हुँदै यसरी पछिल्लो समयमा उनले बि स २०७४ को नयाँ कार्यसमिति चयन भए पछी उनी कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध रहि एउटा साधारण सदस्य पदमा रहेका उनले एक पछी अर्को छलाङ संगै अखिल नेपाल फुटबल संघको सहायक महासचिव पदमा मनोनयन भएका छन् । उनलाई यही २०७७ मंसिर २३ गतेको पत्राचार अनुसार केन्द्रिय कार्यसमितिको बाकी कार्यकाल अवधि सम्मका लागि एन्फाको केन्द्रिय सहायक महासचिव पदमा मनोनयन गरिएको हो ।

ताजा समाचार