Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबालयौन शोषण बिरुद्ध किशोरीलाई सचेतना

बालयौन शोषण बिरुद्ध किशोरीलाई सचेतना

कञ्चनपुर,
व्यवसाष्कि बाल यौन शोषण बिरुद्ध कञ्चनपुरका किशोरी छात्रालाई सचेतना गराईएको छ । माईती नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनत छात्रा किशोरीलाई अनुशिक्षण तथा सचेतना गराईएको हो ।

आइतबार भीमदत्त नगरपालिका ३तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका माध्यामिक तहमा अध्ययनरथ छात्राहरुलाई अनुशिक्षण तथा सचेतना गराएको हो । माईती नेपाल कञ्चनपुरकी संयोजक पछिल्ला दिनमा किशोरीमाथि व्यवसायीक रुपमा यौन शोषण र विभिन्न बहानमा बेचबिखन भईरहेको भन्दै बाल यौन शोषण अन्त्य र बेचबिखन रोकथामका लागि जनचेतनामुलक अभिमुखिकरण गराईएको बताए । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले नै किशोरी छात्राहरुलाई बेचबिखन रोकथाम र यौन शोषण हटाउनका लागि अभिमुखिकरण गराएकी थिईन् ।

विद्यालयका प्रअ मदन बहादुर विष्टले अनुशिक्षणबाट किशोरी छात्र बेचबिखन एव यौन शोषणबाट समेत भएको बताए । कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक भट्ट,कर्मचारी प्रअ विष्ट, समाजिक शिक्षक अभयराज जोशी लगायतका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार