Sunday, September 25, 2022
गृहपृष्ठआर्थिकउखु उत्पादन बृद्धिका लागि बेलडाँडीका किसानलाई सिँचाई सुविधा

उखु उत्पादन बृद्धिका लागि बेलडाँडीका किसानलाई सिँचाई सुविधा

कञ्चनपुर,
उखु उत्पादन बृद्धिका लागि कञ्चनपुर बेलडाँडी गाँउपालिका क्षेत्रका उखु किसानका खेतमा सिँचाई व्यवस्थापन कार्यक्रम शुरु गरिएको छ ।

मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कृषक समन्वय समितिले उखु उत्पादन बृद्धिका लागि किसानका खेतमा सिँचाई व्यवस्थापन कार्यक्तम शुरु गरेको हो । चालु आर्थिक बर्ष ०७७÷०७८ देखि उखु किसानको खेतमा डिप टुबेल जडान भईरहेको मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कृषक समन्वय समितिका अध्यक्ष सुरेन्द्र बहादुर सिहले बताए ।

अध्यक्ष सिहका अनुसार आइतबार बेलडाँडी गाँउपालिका ३ खैरिघाटका उखु किसान शेर बहादुर विष्टको खेतमा उखुका लागि डिप टुबेल जडान गरिएको बताए । ‘हामीले यस बर्ष किसानको खेतमै सिँचाईका लागि डिपटुबेल जडान गरिहेका छौँ, ‘अध्यक्ष सिहले भने, ‘यस बर्षभित्रै २० किसानका खेतमा डिपटुबेल जडान गछौँ ।’

अन्तरबाली उखु (कार्तिके) प्रर्दशनी समेत गरिएको अध्यक्ष सिहले बताए । उनका अनुसार उखुबालीसंगै तोरी लगायतको खेती समेत गरिएको छ । मुख्यमन्त्री नमुना कृषि कार्यक्रमबाट किसानहरुले अनुदान, तालिम, मेसिन पाएसंगै किसान उखुखेती तर्फ उन्मुख भएको उनले बताए । अध्यक्ष सिहका अनुसार बेलडाँडी गाँउपालिका १, ३, ४ वडामा मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कार्यक्रम लागु भएसंगै स्थानीय किसान हर्षित
भएका छन ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले बेलडाँडीमा मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कृषक समन्वय समिति मार्फत किसान उत्प्रेरित भएर व्यवसायिक रुपमा उखुखेतीतर्फ आकर्षित भएका छन । नगदे बालीमा रुपमा रहेको उखुखेतीले स्थानीय किसानको आर्थिक उपार्जन समेत कृषि कार्यालयको अपेक्षा छ ।

ताजा समाचार