Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीयुवा संघ बेलडाँडीद्धारा परिचयात्मक तथा भेटघाट कार्यक्रम समपन्न

युवा संघ बेलडाँडीद्धारा परिचयात्मक तथा भेटघाट कार्यक्रम समपन्न

बेलडाँडी,
नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल बेलडाँडी गाउँ कमिटिको अयोजनामा आज परिचयात्मक तथा भेटघाट कार्यक्रम समपन्न भएको छ ।
राजावादी तत्व गणतन्त्र खारेज हुनुपर्छ भनि सलबलाएका बेला बेलडाँडी युवा संघले जिल्लाका नेता, युवा संघ जिल्लाका नेता कार्यकर्ता, गाउँ नगर कमिटिका नेता कार्यकर्ता, लगायत शुभचिन्तकहरु संग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
भेटघाट संगै पिकनिक जस्तो कार्यक्रमको आयोजना गरी युवाहरुले पाटी फुटको अवस्थामा पुगेको चिन्ता व्यक्त गर्दै पाटी एक ढिक्का भएर अगाडी बढ्नु पर्नेमा युवाहरुको धारण रहेको बेलडाँडी युवा संघ संयोजक नरेन्द्र बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार केहि तत्वहरु गणतन्त्र खारेजीको माग गर्दै विभिन्न कार्यक्रम गर्न लागेको प्रति चिन्ता जनाउदै सचेत युवाले जाग्नु पर्ने बेला भएको समेत जनाए ।

नेकपा जिल्ला अध्यक्ष विर बहादुर थापाले भने पाटी भित्रको अन्तर द्धन्दका कारण राजाबादीहरु मौलाउन थालेको बताए । उहाँले भने यति बेला पाटी एकढिक्का भएर अगाडी बढ्नु पर्ने अवस्था रहेको बताए युवाहरुले गरेको भेटघाट कार्यक्रमले कञ्चनपुर पाटी एकढिक्का भएर अगाडी बढ्नु पर्ने सन्देश बनेको जनाए । यति बेला राजतन्त्रको माग गर्दै केहि संस्थाहरुले रोड तताउदै गर्दा हाम्रा युवाहरुले टुलुटुलु हेर्नु परेको अवस्थामा सृजना भएको बताए । गणतन्त्र ल्याउन युवाहरुले गरेको त्यागको उच्च मुल्याङकन सम्झिदै आवश्यक परे हजारौं युवा सडकमा फेरी उत्रिन तयार रहेको समेत जनाए ।

यस्तो कार्यक्रमको आयाजना गर्दा बेलडाँडी युवा संघलाई सबैले धन्यवाद दिएका थिए । यस्तै अन्य नगरमा समेत यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने सहभागिहरुको सुझाव थियो ।

ताजा समाचार