Tuesday, August 16, 2022
गृहपृष्ठमुख्य समाचारनिसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ को आज समापन , उपाधी रक्षाका लागि...

निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ को आज समापन , उपाधी रक्षाका लागि मनकामना “बि” र कैलारी भिड्दै

विकास महता/कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशको खेलकुद बिकासका कार्य संगै फुटबल लाई आत्मसात गर्नुका साथै एक पछि अर्को प्रतियोगिताको आयोजना गर्दै आएको मनकामना युवा क्लबले धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडामा निसर्ग प्रथम फुटबल प्रतियोगिता -२०७७ को आज समापन हुने छ।

यहि मंसिर २० देखि संचालन भएको भेट्रान फुटबल प्रतियोगिताको आज २७ गते सनिवारका दिन एक कार्यक्रमको आयोजना गर्दै भब्यताका साथ प्रतियोगिताको सम्पन्न गरिनुका साथै उपाधी रक्षाका लागि आज घरेलु मैदानमा आयोजक मनकामना युवा क्लब “बि” ले कैलारी गाउँपालिका भेट्रान टिम कैलालीको समान गर्नेछ। 

आज प्रतियोगिताको अन्तिम दिन अर्थात फाइनल खेलमा जित हासिल गर्ने टिमले निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ उपाधी जित्नुका साथै च्याम्पियन बन्ने छ। प्रतियोगिताको च्याम्पियन हुने टिमले नगद पुरुस्कार ४० हजार र उपविजेता हुने टिमले २० हजार सहित ट्रफी प्रमाणपत्र हात पार्ने छन् । 

प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । ३५ बर्ष उमेर समुहका आधारमा खेलाडीहरुले भेट्रान फुटबल प्रतियोगितामा सहभागी जनाउनु भएको थियो भने प्रतियोगितामा दुई जिल्ला कैलाली र कञ्चनपुरका १० वटा टिमहरु को सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् । उनका अनुसार प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा संचालन गरिएका थिए। यसरी आगामी दिनमा सामाजिक कार्य देखि लिएर खेलकुद बिकासका लागि मनकामना युवा क्लब एका-एक आत्मसात गर्दै सुदूरपश्चिम प्रदेशको फुटबल विकासमा उच्च स्तरमा अग्रसर रहने गरि आगामी योजना समेत रहेका अध्यक्ष थापाले बताए।

महामारीको विषम परिस्थितिका बाबजुद पनि थला परेका खेलकुद क्षेत्र लाई क्लबले एक पछि अर्को प्रतियोगिताको आयोजना गर्दै खेलकुद संगै फुटबल बिकासमा टेवा पुगेको छ।

ताजा समाचार