Tuesday, August 16, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलडाँडीमा चोरीको बिगबिगी, अध्यक्ष प्रयोग गर्ने गाडी अागन देखि गायब

बेलडाँडीमा चोरीको बिगबिगी, अध्यक्ष प्रयोग गर्ने गाडी अागन देखि गायब

बेलडाँडी,
बेलडाँडी गाउँपालिका भित्र चोरीको बिगबिगी भएका बेला वडा नम्बर- २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईलक घरको आगनबाटै चोरी भएको छ ।

शुक्रबार राति करिब १ देखि २ बजेको विचमा बेलडाँडी गाउपालिका वडा नम्बर -२ गाउँपालिका कार्यालय अगाडी रहेको अध्यक्ष खातीको घरको आगनबाटै गाँउपालिकाको नाममा रहेको म.१ ब.४०९ नं को चोरी भएको बेलडाँडी प्रहरीले जनाएको छ । राति सुति रहेको समयमा YAMAHA कम्पनीको १४९ सिसीको एफ.जेड. चोरी भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।

उहाँका अनुसार राति चोरी भएको खबर अध्यक्ष प्रेमराज खातीले गर्ने बितिक्कैबाट खोजी कार्य जारी रहेको बताए । यसरी बेलडाँडी इलाका प्रहरी कार्यालयको मुखैबाट चोरी हुदा स्थानीयहरु सुरक्षा जोखिम भएको भन्दै त्रसित बनेका छन् ।

ताजा समाचार