Tuesday, August 16, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारशनिबार क्षेत्र नम्बर १मा राजावादीको मोटरसाईकल ¥याली

शनिबार क्षेत्र नम्बर १मा राजावादीको मोटरसाईकल ¥याली

शित्तल भट्ट/बेलौरी
देशका विभिन्न स्थानमा राजसंस्था पूर्नस्थापना र हिन्दुधर्मको माग अघि सारेर राजावादी सर्मथकहरुले प्रर्दशन गरिरहेका बेला शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १मा समेत राजावादीले मोटरसाईकल ¥याली आयोजना गरेका छन । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शनिबार(भोली) क्षेत्र नम्बर १मा मोटरसाईकल ¥याली आयोजना गरेको हो ।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शुक्रबार बेलौरीमा पत्रकार सम्मेलन मार्फत वर्तमान ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकाले जनताको चाहना अनुरुप मोटरसाईकल ¥याली आयोजना गरिएको जनाईएको छ । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १का संयोजक बिरेन्द्र बहादुर चन्दले मोटरसाईकल ¥यालीको सम्पूर्ण तयारी भईरहेको बताए ।
उनका अनुसार ¥यालीमा ४/५सय मोटरसाईकल सहभागि हुने छन । बेलौरीदेखि शुरु भएको मोटरसाईकल ¥याली पुनर्वास जाने र त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै फेरी बेलौरीमा पुगेर कोण सभामा पुगेर समापन गरिने बताए ।
राजपरिष्द सदस्य धिरेन्द्र विक्रम सिहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकाले परिर्वतनका लागि नागरिक स्वत सडकमा आएको बताए । उनका अनुसार आफुहरु कहिकतैबाट परिचालिन नभई स्वत सडकमा आएको बताए । ‘हामी बन्दुक उठाउँदैनौँ, ‘उनले भने, ‘नागरिकलाई जागरणका माध्यमबाट जोड्छौँ ।’ राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नारिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रममा सहभागि हुन आब्हान गरे । विश्व हिन्दु महासंघका अध्यक्ष विष्णू बरालले सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भईरहेकाले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रर्दशन भईरहेकाले यसलाई अनर्थ लगाउन नहुने बताए । यस अघि राजावादी सर्मथकहरुले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रर्दशन गरिरहेका छन ।

ताजा समाचार