Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीनिर्वाचन क्षेत्र नम्बर १को विकासका आयाममा खानेपानीमन्त्रीको उच्च भूमिका ः नेता, संसद

निर्वाचन क्षेत्र नम्बर १को विकासका आयाममा खानेपानीमन्त्रीको उच्च भूमिका ः नेता, संसद

बेलडाँडी,

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संसद, नेता एव पुर्व संसदले खानेपानीमन्त्रीको प्रसंसा गरेका छन । उनीहरुको निर्वाचन क्षेत्रको विकास, सम्बृद्धि र विकासका आयाममा खानेपानीमन्धीको उच्च भूमिका रहेको बताएका छन ।

नेकपा बेलडाँडीका इन्चार्ज एव नेकपा कञ्चनपुरका युवा नेता अक्कल बहादुर विष्टले नेकपाबाट निर्वाचन क्षेत्र नम्बर १ बाट बिना मगरले चुनाव जितेसंगै समग्र निर्वाचन क्षेत्रको विकासका उच्च भूमिका रहेको बतए । नेकपा नेता विष्टले बिना मगर निर्वाचित भएदेखि दक्षिण क्षेत्रकमा विकासमा आयाम थपिरहेको बताए । नेता विष्टले मन्त्रीले हुलाकी राजमार्ग, पुल पुलेसा, विभिन्न भौतिक पुर्वाधार एव सीमा सुरक्षा लगायत जनताका जनजिविकासंग रहेका विषयमा काम भईरहेको प्रसंसा गरे ।

उनले थुप्रै योजाना अघि बढिरहेको बताउदै जन चाहना अनुरुप विकासका योजना अघि बढाउनुपर्नेमा जोडदिए । नेता विष्टले आरक्षपीडित, झर्नाखोला चौधरको तटबन्ध निर्माणका साथै समग्र बेलडाँडीको विकासमा ध्यान दिन समेत मन्त्रीको ध्यानाकर्षण गराएका छन । ‘अब जनतालाई विकास दिनुपर्छ, ‘उनले भने, ‘भाषण होईन, ‘व्यवहारमा विकास दिनुपर्छ ।’
संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले खानेपानी मन्त्रीकै अथक पहलमा निर्वाचन क्षेत्र नम्बर १को विकासले गति लिईरहेको बताए । उनले सीमादेखि, अन्य भौतिक पुर्वाधार एव विकासका योजना अघि बढिरहेको बताए ।

प्रदेश सभा सदस्य कुलबिर चौधरीले बेलडाँडीको सीमसार व्यवस्थापनदेखि अन्य विकास निर्माणका लागि हातेमाले गरेर अघि बढ्ने बताए । उनले तीनै तहका सरकार मिलेर बेलडाँडीको विकास गर्नुपर्नेमा जोडदिए । अर्का प्रदेश सभा सदस्य तथा नेकपा सुप प्रदेशका सचेतक तारलामा तामाङ्गले भवनबाट जनतालाई स्तरिय सेवा जनताको चाहना अनुरुप सेवा दिनुपर्ने सुझाव दिए । ‘यस क्षेत्रबाट मन्त्री बिना मगर सफल भएमात्रै सबै सफल हुन्छन, ‘उनले भने, ‘त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट जनताको हितमा काम गर्नुपर्छ ।’

उनले भूमिहिन, आरक्षपीडित लगायत सबैखाले समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधी सरकारले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोडदिए । आरक्षपीडितको समस्या समाधानका लागि बेलडाँडी गाँउपालिकाले मन्त्रीको ध्यानाकर्षण गराएको छ । पीडितका तर्फबाट बेलडाँडी गाँउपालिका प्रवक्ता अमर बहादुर खत्रीले लामो समयदेखि आरक्षपीडितको पूर्नस्थापना हुँन नसक्दा पीडित मारमा मात्र नभई अमानविय रुयमा बाँच्नु परेको वेथा सुनाए ।

प्रवक्ता खत्रीले जसरी भएपनि आरक्षपीडितको समस्या समाधानका लागि संघीय सरकारबाट पहल हुनुपर्नेमा जोडदिए । यस्तै नेकपा बेलडाँडीले गाँउपालिकाको विकास र समस्या बारे मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेकपा बेलडाँडीका तर्फबाट इन्चार्ज अक्कल बहादुर विष्ट, अध्यक्ष लक्ष्मण भाट, सचिव मोहन बडूले बेलडाँडीका आर्थिक, समाजिक एव साँस्कुृतिक, भौतिक, सीमा लगायत विवित समस्या समाधानका लागि माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै मन्त्री मगरले यस क्षेत्रका सबै समस्याबारे जानकार रहेकाले बेलडाँडीको विकासका लागि प्रतिबद्ध रहेको दोहो¥याए ।

ताजा समाचार