Wednesday, August 10, 2022
गृहपृष्ठमुख्य समाचारसिंहदरबारको आभास हुने बेलडाँडीको प्रशासकीय भवन

सिंहदरबारको आभास हुने बेलडाँडीको प्रशासकीय भवन

कञ्चनपुर,
स्थानीय तहमा सरकार गठन भएको चार बर्ष पुरा भएको छ । वर्तमान व्यवस्थाले सिहदरबारको अधिकार गाँउ गाँउमा पु¥याए अनुरुप कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको प्रशासकीय भवन निर्माण भएको छ । देश एकात्मक शासन व्यवस्थामा हुँदा काठमाण्डौँमा रहेका सिहदरबारका अधिकार गाँउ गाँउ पु¥याएसंगै बेलडाँडी गाँउपालिकाको चार तले पक्की भवनको उद्घाटन गरिएकोछ ।

उद्घाटन कार्यक्रममा बेलडाँडी गाँउपालिका कार्यालयका सव ईन्जिनियर तेज बहादुर सुनारले भवनको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४ करोड ७८ लाख ५३ हजारमध्ये ४ करोड ५७ लाख ४७ हजारमा सम्झौता गरिएको थियो । बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले ०७४ पुषमा शिलान्यास गरि बिहीबार निर्वाचन क्षेत्र नम्बर १की प्रतिनिधी सभा सदस्य एव खानेपानीमन्त्री बिना मगरले भवनको उद्घाटन गरेकी छिन । वाईआर कस्ष्ट्रक्सन÷मित्र जेभीले लिप्ट सहितको आधुनिक भवन निर्माण गरेका थिए । ०७५ माघमा तेस्रो र चौथो तलाको पुन टेण्डर भएको थियो ।

एक करोड ९४ लाख, ७९ हजार, ४ सय लागत मध्ये १ करोड, ९३ लाख ८४ हजारमा सम्झौता गरिएको थियो । कुल ६ करोड ५१ लाख ३१ हजारमा निर्माण गरिएको थियो । आर्थिक बर्ष २०७३/०७४ मा शुरु भई आर्थिक बर्ष ०७७/०७८मा असोजमा सम्पन्न भएको थियो । भुईतला सहित साढे चार तला लिप्ट सहित ३२ कोठा रहेका छन । भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उप प्रमुख कमला कार्कीले शुभकामना मन्तव्य राख्दै भवनबाटै जनताका सेवा सुविधा दिईने बाचा दिए ।

बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले भवन निर्माणसंगै जनताको चाहना अनुरुप अघि बढाईने बताए । गाँउ प्रमुख थापाले जनताको चाहना अनुरुप काम अघि बढाईने बताए । मन्त्री मगर, प्रदेश सभा सदस्यद्वय तारालामा तामाङ्ग, कुलबिर चौधरी संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, लगायतका जनप्रतिनिधी, नेता एव कर्मचारीले भवनको अवलोकन गर्दै प्रसंसा गरेका छन । बेलडाँडी गाँउपालिका लेखा संयोजक शंकर भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल,नागरिक समाज, जनप्रतिनिधी, कर्मचारी, सुरक्षा निकाय एव सर्वसाधारणको सहभागिता रहेको थियो ।

ताजा समाचार